Comments Add Comment

नागरिता पाउने सहमतिले गैरआवासीय नेपाली हर्षित

११ असोज, काठमाडौं । नयाँ बन्ने संविधानमा एनआरएनलाई समेत  नागरिकता दिने सहमति भएको भन्दै गैरआवासीय नेपाली संघ अमेरिकाले खुशी व्यक्त गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष खगेन्द्र क्षेत्रीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनलाई नागरिता दिने संवैधानिक सम्वाद समितिको सहमतिले गैरआवासीय नेपालीहरुको माग सम्बोधन भएको बताए ।

‘बिदेशमा रहेका लाखौं एनआरएनहरुले उठाउँदै आएको नेपाली नागरिकताको मुद्दालाई नेपालको नयाँ बन्ने संबिधानमा समेट्ने समाचारले हामी अत्यन्तै हर्षित भएका छौं, क्षेत्रीले शनिबार जारी वक्तव्यमा भनेका छन्-‘नेपालको नयाँ बन्ने संबिधानमा एनआरएनहरुलाई राजनीतिक अधिकार बिनाको नेपाली नागरिकता दिने कुराले बिदेशमा रहेका लाखौं एनआरएनहरुमा खुशी छाएको छ ।’

संबैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिले गैरआवासीय नेपालीको पक्षमा गरेको यो सहमतिबाट नेपालमा थप लगानी र बिकासका प्रसस्तै मार्गहरु खुल्ने क्षेत्रीले बताएका छन् ।

डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको संवैधानिक राजनीतिक समितिको शुक्रबारको बैठकले गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकारविना आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने विषयमा सहमति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment