Comments Add Comment

दसैंमा डेढ लाखले सामाजिक भत्ता पाएनन्

Dashain-tika१३ असोज, काठमाडौ । जिल्ला विकास समितिहरुको लापरबाहीका कारण दसैंेको मुखमा तराईका डेढ लाख नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएका छन् । सप्तरी, महोत्तरी र रौतहट जिविसले भत्ता पाउने नागरिकको प्रमाणीकरण नगर्दा भत्ताबापतको रकम विनियोजन गर्न नसकिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको सामाजिक सुरक्षा शाखाका अनुसार सप्तरीले आइतबार मात्रै प्रमाणीकरण गरेको छ । तर, समय अभावका कारण दसैंअघि उसका लागि भत्ता निकासा गर्न नसकिने मन्त्रालयका उपसचिव शान्ताराम रिजालले बताएको कारोबार दैनिकमा खबर छ ।

‘मन्त्रालयले आजभोलि नै विनियोजन गरे पनि दसैंअघि बाड्न असम्भव छ,’ उनले भने,’रौतहट र महोत्तरीले भने अझै प्रमाणीकरण गरेका छैनन् ।’ महोत्तरीले ७३ मध्ये ५६ गाविसको मात्र प्रमाणीकरण गरेको छ । रौतहटका भने अधिकांश गाविसमा प्रमाणीकरण गर्न बाँकी रहेको उनले बताए । गतवर्षको तथ्याङक अनुसार महोत्तरीमा ४० हजार ९ सय र रौतहटमा ६१ हजार ७ सय नागरिकले भत्ता लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment