Comments Add Comment

कार्यक्रम सुरु भएको आठ वर्षपछि लोगो सार्वजनिक

१३ असोज, काठमाडौ । उद्योग वाणिज्य महासंघले एक गाउँ एक उत्पादन कार्यक्रमको लोगो सार्वजनिक गरेको छ । सन् २००६ बाट सुरु भएको कार्यक्रमको आठ वर्षपछि लोगो सार्वजनिक भएको हो ।

कार्यक्रम ३२ जिल्लामा सञ्चालित छ । महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रले काठमाडौ विश्वविद्यालयका विद्यार्थीबीच प्रतिष्पर्धा गराएर लोगो छनोट गरेको अन्नपूर्ण पोष्टमा खबर छ । नवज्योति सुवेदीले तयार पारेको लोगोलाई छनोट गरिएको केन्द्रको सभापति तथा महासंघको केन्द्रीय सदस्य भवानी राणाले जानकारी दिइन् । उत्कृष्ट लोगो तयार पार्ने सुवेदीलाई ३० हजार रुपैंयाँसहित सम्मानपत्र प्रदान गरिएको छ ।

महासंघले सार्वजनिक गरेको लोगोले हिमाल, पहाड, तराईमा सम्भावना बोकेको कृषि उपजको प्रबर्द्धन गर्न सन्देश दिएको राणाले जानकारी दिइन् । ‘लोगो नहुँदा ब्राण्डिङ् गर्न समस्या परेको थियो । अब लोगोको सहयोगमा ब्राण्डिङ् गरेर विश्व बजारसम्म कार्यक्रमअन्तर्गत उत्पादित कृषि उपजलाई प्रवर्द्धन गर्न सजिलो भयो’, उनले भनिन् । अन्य देशमा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रमको पनि लोगो भएकाले नेपालमा पनि सोही अभ्यास गरिएको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment