Comments Add Comment

जिन्सी खातामा प्रचण्डको बक्यौता

prachanda  (3)
५ कात्तिक, काठमाडौं । लामो सशस्त्र विद्रोहपछि सत्ताको बागडोर लिँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको ढुकुटीप्रति कति संवेदनशीलता देखाए? त्यो अलग्गै खोजीको विषय भए पनि जिन्सी खातामा उनको नाम विगत ६ वर्षदेखि बक्यौता सूचीमा छ।
उनको नाममा त्यस समयको एक लाख १६ हजार आठ सय रुपैयाँबराबरको सामान राज्यलाई फिर्ता नगरेको बक्यौता देखिएको छ। सरकारी रेकर्डअनुसार दाहाल प्रधानमन्त्री भएका बेला प्रधानमन्त्रीज्यूलाई आवश्यक परेको भन्दै भवन निर्माणसम्भार डिभिजन कार्यालय (जसले प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थका लागि भौतिक सुविधा उपलब्ध गराउँछ) बाट क्यामेरा लगिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

जिन्सी खाता पाना नं ७३ मा उल्लेख भएअनुसार क्यानन ब्रान्डको क्यामेरा तत्कालीन प्रधानमन्त्री दाहालका छोरा (त्यसबेलाका निजी सचिव) प्रकाश दाहालले बिल पेस गरी बुझेर लगेका थिए। २०६५ सालका विभिन्न मितिमा १२ मेगा पिक्सेलको क्यामेरा ४५०० डी र यसका सामान लगेको रेकर्डमा उल्लेख छ।
फागुन ८ गते प्रधानमन्त्रीको क्यामेरा र त्यसलाई थप लेन्स आवश्यक परेको भन्दै लेन्स लगेको र २८ गते चार्जर फिल्टर, २ मेगाबाइट क्षमताको कार्ड र क्यामेरा ब्याग लगेको रेकर्डमा छ। राज्यको रेकर्डमा थोरै रकम देखिए पनि यसले मुलुक हाँक्न जनताले विश्वास गरेका नेता सानो रकममा कसरी राज्यको दोहन गर्छन् भन्ने देखाउँछ।
स्रोतले भन्यो, ‘आफूले प्रयोग गरेका सामान अरू प्रधानमन्त्रीहरूले कार्यकाल सकिएपछि सोही कार्यालयका कर्मचारीलाई बोलाएर फिर्ता दिने चलन छ, तर दाहालले त्यसो गरेनन्। तत्कालीन कार्यालय प्रमुख सुपरिटेन्डेन्ट इन्जिनियर इन्द्रबहादुर श्रेष्ठले भने, ‘कसैकसैले फिर्ता नदिएको पनि पाइएको छ, तर ९० प्रतिशत सामान फिर्ता आउने गरेका छन्।’ उनले दाहालले लगेको सामान स्टोरकिपरले बुझेर फिर्ता लिनुपर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment