Comments Add Comment

सार्क राष्ट्रका विदेशमन्त्री काठमाडौंमा, सरकार प्रमुखहरु मंगलबार आउँदै

18th-SAARC-SUMMIT-KATHMANDU८ मंसिर, काठमाडौं । मंगलबारबाट राजधानीमा शुरु हुने सार्कको मन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार सार्क राष्ट्रका विदेशमन्त्रीहरु काठमाडौं आएका छन् ।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा सार्क मन्त्रिपरिषद्को ३६औँ बैठकमा सहभागी हुन चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भुटानका विदेशमन्त्री ल्योन्पो रिञ्जिन दोर्जी र पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माल्दिभ्सका विदेशमन्त्री सुश्री दुन्या मौमुन सोमबार काठमाडौं आइपुगेका छन् ।

भारतीय बिदेशमन्त्री सुष्मा स्वराज । तस्वीरः रासस
भारतीय बिदेशमन्त्री सुष्मा स्वराज । तस्वीरः रासस

त्यसैगरी अफगानिस्तानका विदेश मामिलासम्बन्धी उपमन्त्री जरर अहमद ओस्मानीसहितको चार सदस्यीय प्रतिनिधिमण्डल पनि सोमबारै काठमाडौं आइपुगेको छ ।
भारतकी विदेशमन्त्री सुष्मा स्वराज पनि सोमबारै काठमाडौं आएकी छन् । काठमाडौं आउनेक्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै विदेशमन्त्री स्वराजले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै कार्यव्यस्तताका कारण जनकपुर लगायतको धार्मिकस्थलहरुको भ्रमणमा जान नसकेको स्पष्टीस्टीकरण दिइन् ।

बंगलादेशी प्रधानमन्त्री । तस्वीरः रासस
बंगलादेशी बिदेशमन्त्री। तस्वीरः रासस
अफगानी बिदेशमन्त्री । तस्वीरः रासस
अफगानी बिदेशमन्त्री । तस्वीरः रासस

मंगलबार बस्ने मन्त्री स्तरीय बैठकमा भाग लिन श्रीलङ्काका वैदेशिक मामिला मन्त्री प्रा. गामिनी लक्ष्मण पेइरिस भने बुधबार बिहानमात्रै काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्र प्रमुखहरु मंगलबार आउँदै
शिखर सम्मेलनमा सहभागी हुन सदस्य मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरु मंगरबार काठमाडौं आइपुग्नेछन् । (याे पनि पढ्नुहाेस्- सार्क राष्ट्रका नेता : विश्वकै वुद्धिजीवीदेखि शक्तिशाली महिलासम्म )

SAARC_PM
‘सम्मेलनमा अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानी तथा संस्थापक सदस्य देश मालदिभ्स र श्रीलङ्काका राष्ट्रपति क्रमशः अब्दुल्ला यामिन अब्दुल गैयुम र महिन्द राजपक्षले आआफ्ना मुलुकका प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।
त्यसैगरी सरकार प्रमुखको जिम्मेवारी सम्हालेका बङ्गलादेश, भुटान, भारत र पाकिस्तानका प्रधानमन्त्री क्रमशः शेख हसिना, ल्योन्छेन छिरिङ तोब्गे, नरेन्द्र मोदी र नवाज सरिफ पनि मंगलबारै आइपुग्ने कार्यक्रम छ ।
सार्कका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख तथा प्रथम महिलालाई शिष्टाचार महापाल, सम्बन्धित देशका राजदूत वा नियोग प्रमुखले विमानमा नै पुगेर स्वागत गर्नेछन् ।
मोटरबाट ओर्लेपछि नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्रिपरिषद्का एक सदस्य, मुख्य सचिव र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले औपचारिक स्वागत गर्ने कार्यक्रम निर्धारण गरिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
विशिष्ट अतिथिको स्वागतपछि मङ्गल धुनसँगै पाहुनामा सम्मान गारत प्रस्तुत गरिनुका साथै विशिष्ट पाहुनाका देशको राष्ट्रिय गीत बजाएपछि नेपालको राष्ट्रिय गीत प्रस्तुत गरिनेछ ।
विमानस्थलदेखि सोल्टी होटलसम्मको सवारी मार्गका विभिन्न भागमा नेपालका विविध जाति र समुदायले आ-आफ्नो वेशभूषा झल्किने परम्परागत पहिरनमा विशिष्ट अतिथिका मुलुकका राष्ट्रिय झन्डा फहराउनुका साथै परम्परागत बाजा बजाएर  स्वागत  तथा अभिवादन गरिने आयोजक राष्ट्र नेपालको तयारी छ ।
यसैवीच सोमबार सम्पन्न विदेशसचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकमा प्रस्तुत गर्ने एजेन्डाहरु पारित गरेको छ ।
राससको सहयोगमा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment