+
+

बेइजिङबाट नेवानिले ल्यायो थप ९७५ अक्सिजन सिलिण्डर

भोलि र पर्सी दुई उडान हुँदै 

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १८:१३

३ जेठ, काठमाडौं । नेपाल वायुसेवा निमगको वाइडबडी जहाले आइतबार र र सोमबार गरि थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ । यससँगै अब चीनबाट कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् । नेपाल वायुसेवा निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार यो तीन उडानबाट नेपाल ल्याइएको हो ।

यी उडानाबट कुल १५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाज आज र भोलि समेत बेइजिङ जाँदैछ । ती दुई उडानबाट समेत थप सिलिण्डर नेपाल ल्याइने उनले जानकारी दिए ।

उनले अब सिलिण्डरभन्दा अक्सिजन जेनेरेटरको आवश्यकता रहेको उल्लेख गर्दै निगमको जहाजले जेनेरेटर समेत बोक्न सक्ने जानकारी समेत गराएका छन् ।

नेपाल एयरलाइन्सले चीन सरकारले अनुदानमा दिएका सिलिण्डरहरु नेपाल ल्याइरहेको छ । यसअघि निगमको जहाजले ओमानको राजधानी मस्कटबाट समेत साढे ५ सय अक्सिजन सिलिण्डर नेपाल ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?