+
+
Shares

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थले दियो १ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १८:१६

३ जेठ, काठमाडौं । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराएका छन् ।

उनका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ । यसबाहेक गुल्मीका रुरु, ऋङ्गा र जोहाङग (खैरेनी) प्राथमिक स्वास्थय केन्द्रका लागि समेत आवश्यक स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको उनले जानकारी दिएका छन् ।

ज्ञवाली गुल्मीको क्षेत्र नं १ का जनप्रतिनिधिसमेत हुन् । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापनामा आफ्नो तर्फबाट १० लाख रुपैयाँको जोहो गर्ने प्रतिवद्धता अर्का सांसद गोकर्ण विष्टले गरिसकेका छन् । विष्ट गुल्मी क्षेत्र नं २ का जनप्रतिनिधि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?