+
+
Shares

७४ जिल्लामा निषेधाज्ञा, अब ३ जिल्ला मात्र खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १५:५२

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशका ७४ जिल्लामा निषेधाज्ञा गरिएको छ । अब निषेधाज्ञा नलागेका जिल्लामा मनाङ, खोटाङ र तेह्रथुम मात्र छन् ।

कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएपछि प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लामा आंशिक र जिल्लाभर निषेधाज्ञाको आदेश जारी गरेका छन् । हाल
मुस्ताङ, सप्तरी, धनकुटा, ताप्लेजुङ र काभ्रे जिल्लामा आंशिक रुपमा मात्र निषेधाज्ञा लगाइएको छ । ६९ जिल्लामा भने जिल्लाभर निषेधाज्ञा छ ।

सबैभन्दा पहिले बाँकेमा वैशाख १३ गते, सुर्खेतमा वैशाख १४ गते, कास्कीमा वैशाख १५ गते र काठमाडौं उपत्यकाका जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरिएको छ ।

हिमाली जिल्ला मनाङमा निषेधाज्ञा लगाउनुपर्ने अवस्था नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन् । ‘यहाँ मान्छे थोरै छ, संक्रमण फैलिने जोखिम छैन, त्यसैले अहिलेसम्म निषेधाज्ञा लगाएका छैनौं’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?