Comments Add Comment

ठूलो ब्रा लगाउने महिला बढि खर्चालु

woman-looks-bra-boutique
भनिन्छ, गोजीमा जति बढि पैसा हुन्छ मान्छे उति नै खर्चालु हुन्छ । तर, एक नयाँ अध्ययनले भने महिलाहरुको खर्चालु बानीका विषयमा निकै नै भिन्न तथ्य पत्ता लगाएको छ । महिलाहरुको खर्च गर्ने बानी र उनीहरुले लगाउने वक्षकवच अर्थात् ब्रा को आकारबीचमा प्रत्यक्ष सम्बन्ध हुने अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार ठूलो आकारको ब्रा लगाउने महिलाहरु बढि खर्चालु हुन्छन् । अर्थात ब्रा को आकार बढ्दै जाँदा महिलाको खर्चालु बानी पनि बढ्दै जान्छ ।
अध्ययनअनुसार जो महिलाको ब्रा को कप साइज बी वा त्यो भन्दा सानो हुन्छ उनीहरु निकै किफायत गर्ने खालका वा कम खर्चालु हुन्छन् ।
अनलाइन व्यापार गर्ने वेबसाइट अलिबाबा ले गरेको अध्ययन अनुसार बी साइजको ब्रा लगाउने मध्ये केवल ७ प्रतिशत महिलाले मात्र महंगा सामानमा फजूल खर्च गर्छन् । विलासिताका महंगा सामानमा पैसा खन्याउनेमा सी साइजको ब्रा लगाउनेहरु १७ प्रतिशत हुन्छन् । त्यस्तै डी साइजवाला ब्रा लगाउने महिलामध्ये २४ प्रतिशत तथा इ साइजको ब्रा लगाउने मध्ये ३३ प्रतिशत महिलाले महंगा चिजमा खुलेर फजूल पैसा खर्च गर्छन् ।
अध्ययन अनुसार बी साइजको ब्रा लगाउने मध्ये ६५ प्रतिशत महिलाले किनमेल गर्दा सस्तो मूल्यको सामान किन्छन् । ब्रा को आकार जति बढ्दै जान्छ महिलाहरुको सस्तो सामानबाट आँखा घट्दै जान्छ, अध्ययनको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment