Comments Add Comment

आज विश्व एड्स दिवस, नेपालमा ४० हजार एड्स संक्रमित

१५ मंसिर, काठमाडौं । आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ । यस वर्षको एड्स दिवसको नारा ‘एचआईभीको नयाँ संक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पुर्‍याऔ’ भन्ने तय गरिएको छ ।

About 2880 candles are seen lit during a World AIDS Day event in Jakarta

एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १ मा विश्व एड्स दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. दिपेन्द्र रमण सिंहका अनुसार हाल विश्वमा करिव ३ करोड ५० लाख मानिस एड्स रोगबाट संक्रमित रहेको तथ्यांक छ । नेपालमा भने ४० हजार ७ सय २३ एचआईभी एड्स संक्रमित रहेको सरकारी तथ्यांक छ ।
नेपालमा एड्स सम्वन्धि उपचारका लागि देशका विभिन्न स्थानमा ५२ केन्द्र स्थापना गरी सरकारले उपचार तथा परामर्श उपलव्ध गराउँदै आएको छ ।

दाङका २ सय ६३ संक्रमित

दाङमा एक बर्षको अवधिमा ९ जना एचआईभि संक्रमित थपिएका छन् । वाषिर्क ९-१० जनाको दरले संक्रमित थपिँदै गएको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।

अहिले जिल्लामा २ सय ६३ जनामा एचआईभीको संक्रमण भेटिएको छ । ति मध्ये ६१ जना व्यक्तिको मृत्युभैसकेको एचआईभि एड्सको क्षेत्रमा काम गर्दै आएको संस्था दाङ प्लसले जानकारी दिएको छ । मृत्युहुनेमा ४६ पुरुष र १५ महिला रहेका छन् ।

मजदुरीका लागि भारत जाने पुरुषहरुले त्यहाँ असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको दाङ प्सलका कार्यक्रम संयोजक प्रकाश नेपालीले बताए ।
यो पनि पढ्नुहोस्

एड्सको उपचारमा गार्इको दुध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment