News Summary
Generated by OK AI. Editorially reviewed.- छठ नजिकिँदै गर्दा सिरहाका बजारमा ढाकी, सुप, नाङ्लो र कोनिया खरिद गर्न सर्वसाधारण पुग्न थालेका छन्।
- छठमा प्रयोग हुने बाँसका सामग्रीको बिक्री बढेसँगै सिरहामा पर्वको रौनक देखिन थालेको छ।
- बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू ग्राहकको प्रतीक्षामा छन्।
७ कात्तिक, सिरहा । लोकआस्था र श्रद्धाको पर्व छठ नजिकिँदै गर्दा सिरहाका बजारमा चहलपहल बढ्न थालेको छ ।
छठ पूजाका लागि आवश्यक बाँसका सामग्री खरिद गर्न सर्वसाधारण बजार पुग्न थालेका छन् ।
छठमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा प्रयोग गरिने ढाकी, सुप, नाङ्लो र कोनियाजस्ता सामग्रीको किनमेल बढेसँगै बजारमा पर्वको रौनक देखिन थालेको हो ।
छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेकाले पूजाको तयारीमा जुटेका परिवारको रोजाइमा यस्ता सामग्री पर्ने गरेका छन् ।
पर्व नजिकिएसँगै बाँसका सामग्री बिक्री गर्ने व्यापारीहरू पनि ग्राहकको प्रतीक्षामा छन् ।
बजारमा देखिन थालेको चहलपहलले छठको आगमनसँगै जिल्लामा पर्वको उत्साह बढ्दै गएको संकेत गरेको छ ।
थप तस्वीरहरू :













प्रतिक्रिया 4