Comments Add Comment

कांग्रेस-एमालेले मधेसको म पनि सुन्न चाहँदैनन् : अमरेश

Amresh-kumar-sing

२० मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभासद् डा. अमरेश कुमार सिंहले मधेसले सही नेता पाउन नसकेको बताएका छन् । फेरि २०४७ सालकै संविधान पुनरावृत्ति भइरहेको भन्दै उनले नयाँ बन्ने संविधानमा मधेसीले अधिकार नपाउने दावी गरे ।

राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालले शनिबार आयोजना गरेको ‘संविधान निर्माण र मानव अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रममा सिंहले भने-‘मधेसको ‘म’ पनि सुन्न नचाहने कांग्रेस-एमालेले मधेसीलाई अधिकार दिन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन ।’

मधेसका दलका नेताहरु इमान्दार नभएसम्म मधेसको पक्षमा केही पनि सकारात्मक नहुने उनले बताए । सिंहले भने-‘मधेसी मोर्चाका नेताहरुलाई केपी ओलीले खानामा किन बोलायो, त्यो सबैलाई थाहा छ । संघीयताबिनाको संविधान जारी गर्नका लागि जालझेल भइरहेको छ ।’

मधेसी नेतृत्वहरु समयमै सचेत हुनुपर्ने भन्दै उनले मधेसको लागि लड्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा केन्द्रका संस्थापक अध्यक्ष मुक्तिनारायण प्रधानले भने-‘मधेसी नेपाली नै होइन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ ।’ पूर्वमहान्यायाधिवक्ता समेत रहेका उनले मधेसको साधनस्रोत मधेसीले नै परिचालन गर्न पाउनुपर्ने धारणा राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment