Comments Add Comment

अमिताभ बच्चन बने ट्वीटर बादशाह

38728-amitabh-bachchan.jpg
बलिउडका अन्य अभिनेतालाई पछि पार्दै अमिताभ बच्चन सामाजिक सञ्जाल ट्वीटरमा लोकप्रिय भएका छन् ।
टाइम्स अफ इण्डियाले जनाए अनुसार अहिले ट्वीटरमा अभिताभका फलोअर्स एक करोड २० लाख रहेका छन् ।
डिजिटल सर्भिस प्रदाता (टु द न्यु)ले हिन्दी फिल्म सँग जोडिएका केही हस्तिहरुको ट्वीटरमा उनको सक्रियता र लोकपि्रयताको आधारमा सूची प्रकाशन गरेको छ । कुल फलोअर्स, फलोअर्सको संख्यामा भएको बृद्धि र हरेक दिन गरिने ट्वीटको आधारमा यो नतिजा आएको हो ।
सूचीको पहिलो स्थानमा अमिताभ बच्चन छन भने दोस्रो स्थानमा शाहरुख खान । ट्वीटरमा शाहरुखका एक करोड बढी फलोअर छन् । तेस्रो स्थानमा बच्चनपुत्र अभिषेक बच्चन परेका छन् ।
ऋतिक रोशन, अमिर खान, सलमान खान बलिउडको सर्वोत्कृष्ठ दशमा परेका छन् ।
अभिनेत्री पि्रयंका चोपडाको ८० लाख फलोअर्स छन् भने दीपिका पादुकोण, सोनाक्षी सिन्हा, सोनम कपुर पनि ट्वीटरमा लोकपि्रय मानिन्छन् ।
७२ वषर्ीय यी अभिनेताले अहिले पनि दिनमा ट्वीट, रिट्वीट र रिप्लाइ गरेर बीस पटकसम्म ट्वीट गर्ने गरेका छन् ।
अभिषेक बच्चनले दिनमा पाँच पटकसम्म ट्वीट गर्ने गरेका छन् भने, अनुपम खेर पनि धेरै ट्वीट गर्ने कलाकारको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment