Comments Add Comment

लिभरपुलले आर्सनललाई बराबरीमा रोक्यो

Martin Skrtel

७ पुस, काठमाडौं । मार्टिन स्कर्टेलको गोलको मदतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई बराबरीमा राकेको छ ।

आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–२ को बराबरीमा रोकेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले ४५ औं मिनेटमा काउटिन्होको गोलबाट अग्रता लिएको थियो ।

तर, पहिलो हाफको अतिरिक्त समयमा डेबुचीले आर्सनलका लागि बराबरी गोल फर्काए । खेलको ६४ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए ।

९ मिनेटको अतिरिक्त समय सुरुको हुनासाथ लिभरपुल १० खेलाडीमा सिमित भयो । फाविओ बोरिनी रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।

तर, खेल सकिन केही मिनेट बाँकी छँदा लिभरपुलका मार्टिन स्कर्टेलले हेड गोल गरे ।

आर्सनललाई लगातार दबावमा राखेको लिरभुपलले २७ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो, जसमध्ये १० प्रहार सही दिशामा थियो । आर्सनलले भने मात्र ७ पोष्ट चार्ज गरेकोमा तीन टार्गेटमा थियो ।

बराबरीपछि आर्सनल २७ अंकका सात छैटौं स्थानमा छ भने लिभरपुल २२ अंकका साथ दशौं स्थानमा छ । लि लिडर चेल्सीको ३९ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment