Comments Add Comment

सभासदको गुनासो : दुर्गमका जनताले हवाइ सेवा पाएनन्

७ पुस, काठमाडौं । वायुसेवा कम्पनीहरुले दुर्गम क्षेत्रका जनतालाई हवाइ सेवा उपलब्ध नगाएको भन्दै सभासदहरु आक्रोशित बनेका छन् ।

व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा उपस्थित वायुसेवा सञ्चालक र नियामकलाई सभासदले सोमबार र्‍याखर्‍याख्ती पारेका हुन् ।

बैठकमा नेपाल नागरिक उड्डयन प्रधिकरणका महानिर्देशक रतिसचन्द्रलाल सुमन, नेपाल वायुसेवा निगमका महाप्रबन्धक लगायतको सहभागिता थियो ।

समितिको बैठकमा वायुसेवा कम्पनीहरु दुर्गम क्षेत्रमा गर्नुपर्ने नियमित उडान नगरी चार्टड उडानमा केन्दि्रत भएको सभासदहरुले आरोप लगाएका थिए ।

सभासदहरुले दुर्गम क्षेत्रमा पनि हवाइ सेवालाई नियमित गर्न वायुसेवा सञ्चालकहरुलाई आग्रह गरेका छन् । उनीहरुले दुर्गम क्षेत्र हवाइ सेवा कोष निममित हुन नसकेको गुनासो पोखे । त्यस्तै अगि्रम टिकट बुकिङ व्यवस्थित हुन नसकेको, हवाइ भाडाको निर्धारण वैज्ञानिक हुन नसकेको र यात्रु बीमा व्यवस्थित हुन नसकेको सभासदले बैठकमा बताए ।

सभासदको गुनासोपछि पर्यटन सचिव सुरेशमान श्रेष्ठले दुर्गममा नियमित उडानको व्यवस्था गर्ने काम तत्कालै अगाडि बढाउने प्रतिवद्धता जाहेर गरे । साथै छलफलमा उठेका सबै विषयलाई आफुले गम्भीरतापूर्वक लिएको श्रेष्ठको भनाइ थियो ।

समितिका संयोजक सुभासचन्द्र शाह ठकुरीले हवाइ सेवा कोषको कार्यविधिसम्वन्धी योजना तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरे । उनले नियमित उडान नगरी चार्टर उडानमात्र गरी उपभोक्तालाई मर्का पार्ने काम तत्काल रोक्न आग्रह गर्दै हवाई भाडा सम्बन्धित सरोकारवालाहरुको समेत उपस्थितिमा मात्र निर्धारण गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment