Comments Add Comment

जबरजस्ती प्रक्रियामा गए झन् कडा प्रतिरोध : प्रचण्ड

  • फाइल फोटो

१० माघ, काठमाडौं । एमाओवादीका अध्यक्ष प्रचण्डले जबरजस्ती प्रक्रिया सुरु गरे त्यही विन्दुबाट देश ध्रुवीकरणमा जाने चेतावनी दिएका छन् ।

उनले जबरजस्ती प्रश्नावली समिति बनाए यसअघिको भन्दा कडा प्रतिवाद हुने बताए ।

संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने-‘अहिले पनि सहमतिको विकल्प छैन, बहुमतीय प्रक्रियामा गई आन्दोलनका सहयात्री दलहरुलाई छाडेर देश नाराम्रोसँग ध्रुवीकरणमा जान्छ, संविधानसभामा कित्ताकाट हुन्छ ।’

माघ ८ कटिसकेकाले अब केही समय लिएर भए पनि सहमतिको प्रयास गर्नुपर्ने प्रचण्डले बताए । ‘सहमति होस् भनेर शासकीय स्वरुपजस्ता महत्वपूर्ण विषयमा रिजर्भेशन राखेर जान तयार भयौं’ उनले भने-‘हामीले लचकता प्रदर्शन गरेका छौं ।’

सभाध्यक्षसँग १० दिन समय दिन मागियो

प्रचण्डसहितका विपक्षी नेताहरुले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर सहमतिका लागि दलहरुलाई १० दिनको समय दिन आग्रह गरेका छन् । ‘हामीले भोलिको बैठक स्थगित गरेर दलहरुलाई १० दिनको समय दिन आग्रह गरेका छौं’ प्रचण्डले भनेका छन् ।

मोर्चामा आवद्ध प्रमुख सात दलको बैठकपछि माओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश र फोरम लोकतान्त्रिकका अध्यक्ष उपेन्द्र यादवले सभाध्यक्ष नेम्वाङलाई भेटेका थिए ।

विपक्षीको नाराबाजीका बीच सभाध्यक्ष आफैंले समिति घोषणा गर्न नसक्ने विपक्षीको दाबी छ । ‘सभाध्यक्षले पेट्रोलियम लगायतका समिति बनेको भन्नुभयो । तर, त्यो दलहरुको सहमतिमा मात्र घोषणा भएको हो’ प्रचण्डले भने-‘दलहरुबीच सहमति नभएको अवस्थामा विधि र स्थापित मान्यता अनुसार मात्र हुन्छ ।’

प्रक्रियामा गए अझै कडा प्रतिवाद

दलीय सहमति विना प्रनावली समिति गठनको प्रक्रिया अघि बढाए कडा प्रतिवाद हुने प्रचण्डले चेतावनी दिए । ‘प्रक्रिया अघि बढे प्रतिवाद हुन्छ । रोक्न पुरै कोसिस गछौं’ सिंहदरवारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने-‘अस्तिको भन्दा कडा प्रतिवाद हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment