+
+
Shares

भारतमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १२:३८

४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको उपचारमा प्लाज्मा थेरापीको प्रयोग बन्द गरिएको छ ।

भारतको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले सोमबार राति कोरोनाको उपचारको निर्देशिका परिवर्तन गरेको हो ।

आईसीएमआरले प्लाज्मा थेरामीको कारण संक्रमितको अवस्थामा सुधार आउने कुनै प्रमाण फेला नपरेको बताएको छ । यद्यपि रजिस्टर्ड डाक्टरलाई भने आईसीएमआरको निर्देशिका पालना गर्नु अनिवार्य हुँदैन ।

आईसीएमआरले गत वर्ष नै चार सय संक्रमितमा प्लाज्मा थेरापीको परीक्षण गरेको थियो । यो अध्ययनमा यसबाट खासै फाइदा नपुग्ने पाइएको थियो । अन्तर्राष्ट्रिय स्तर गरिएको परीक्षणमा पनि प्लाज्मा थेरापी खासै प्रभावकारी नभएको पाइएको थियो ।

हालै मात्र प्रसिद्ध मेडिकल जर्नल ल्यान्सेटले पाँच हजार संक्रमितको गरिएको परीक्षणको आधारमा एक रिसर्च छापेको थियो । यसमा पनि कोरोनाको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी नरहेको उल्लेख थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?