+
+
Shares

नयाँ सहमतिपछि जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ४ गते १४:३०

४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यलाई पत्र लेखी जेठ ८ र ९ गते हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

मंगलबार नै अध्यक्षद्वय ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक बोलाएका हुन् ।

पत्रमा उनीहरुले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख गरेका छन् । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

जसपामा ५१ सदस्यीय कार्यकारिणी समिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?