Comments Add Comment

हात्तीले आक्रमण गर्दा झापामा एकजनाको मृत्यु

४ जेठ, बनियानी । झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । सोमबार राति साढे १२ बजेतिर गाउँ पसेको हात्ती खेदाउने क्रममा आक्रमण गर्दा मेचीनगर–९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जंगली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गएराति सवा २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

हात्तीलाई स्थानीयवासी र प्रहरीले जंगलतर्फ लखेटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment