Comments Add Comment

विपक्षीसँगको वार्ता निषेधप्रति सत्ता पक्षमै असन्तुष्टि

११ माघ, काठमाडौं । संविधानसभाको अवरोध नहटेसम्म एमाओवादी मोर्चासँग वार्ता नै नगर्ने सत्तारुढ कांग्रेस एमालेको निर्णयप्रति सम्बन्धित पार्टीभित्रै अशन्तुष्टि प्रकट हुन थालेको छ । वार्ता नगर्ने भनिए पनि एमालेका माधव नेपाल र कांग्रेसका शेरबहादुर देउवा विपक्षीसँग छलफमा सक्रिय भएका छन् ।

सत्तापक्षले नै अवरोध खुलाउन वार्ताको पहल गर्नुपर्ने मान्यता विपरीत आफैंले वार्ता गर्दिँन भन्नु बिरोधाभाषपूर्ण र गैरजिम्मेवारपूर्ण हुने एक कांग्रेस नेताले अनलाइनखबरलाई बताए ।

‘वार्ताको ढोका बन्द गर्नु अपिरपक्व भयो कि भन्ने हामीले नेतृत्वलाई सुझाएका छौं’ देउवा पक्षधर कांग्रेस नेताले भने ।
एमालेभित्र पनि यसबारे छलफल भइरहेको सचिव एवम् सभासद गोकर्ण विष्टले बताए । ‘माओवादीको नियत संविधान बनाउने देखिएको छैन’ विष्टले भने ‘तर हामी सरकारमा भएकाले सकेसम्म उनीहरुलाई वार्ताबाट समाधानमा ल्याउने प्रयत्न जारी राख्नुपर्छ’ ।

कांग्रेस र एमालेका केही दोस्रो र तेस्रो पुस्ताका नेताहरुले वार्तै गर्दैनौं भन्दा गलत सन्देश जाने भएकाले अनौपचारिक तहबाट भने पनि छलफल जारी राख्न नेतृत्वलाई सुझाव दिएका छन् ।

यसबीच कांग्रेस बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अनौपचारिक रुपमा सक्रिय भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment