Comments Add Comment

जेसुकै होस्, संविधान जारी हुन्छ : बामदेव गौतम

Bamdeb-Gautam,-Krishnamohan

१२ माघ, काठमाडौं । गृहमन्त्री वामदेव गौतमले जतिसक्दो अप्ठेरो भए पनि संविधान लेखन प्रक्रिया अब नरोकिने बताएका छन् । एकीकृत नेकपा माओवादी लगायतका विपक्षी दल सहभागी नभए पनि नयाँ संविधान जारी भएरै छाड्ने उनले बताए ।

कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको बागडोलमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै एमाले उपाध्यक्ष समेत रहेका गौतमले भने, ‘एक चौथाई मतले प्रक्रियाबाट संविधान जारी गर्ने पक्षमा रहेका तीन चौथाई भन्दा बढीलाई रोक्न सक्दैन, जेसुकै होस् अब छिट्टै संविधान जारी हुन्छ ।’

कार्यक्रममा कृष्णमोहन नुडुप शान्ति पुरस्कार निर्वाचन आयूक्त इला शर्मालाई प्रदान गरिएको थियो ।

तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन र उनकी श्रीमती नुडुपको माओवादी कार्यकर्ताहरुले २०५९ माघ १२ गते ललितपुरको बागडोलमा गोली हानी हत्या गरेका थिए ।

बाचा पूरा गर्न रावलको आग्रह

यसैबीच एमाले उपाध्यक्ष भीम रावलले सम्वाद र सहमतिमा आएर नयाँ संविधान बनाउने राष्ट्रिय दायीत्व पूरा गर्न एमाओवादी र मधेसवादी दललाई आग्रह गरेका छन् ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले भने, ‘विपक्षी दलहरु साँचो अर्थमा इमान्दार भए छिटोभन्दा छिटो नेपाली जनताको इच्छाअनुसार संविधान जारी गर्न प्रश्नावली समितिमा आउनुपर्छ ।’

निर्वाचनको बेला नेपाली जनतासामू गरिएको बाचालाई सम्मान गर्न संविधानसभामा आउनुको विकल्प नभएको रावलले बताए ।

तस्वीर : एपीएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment