Comments Add Comment

३० दलीय मोर्चाले भण्डाफोर अभियान चलाउने

30-Party-Meet

१२ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले भण्डाफोर अभियानसहित चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

मोर्चाको सोमबार बसेको बैठकले तीन चरणमा आन्दोलन गर्ने निर्णय गरेको छ । आन्दोलनको निर्णायक चरण भने चैत्र १६ गतेबाट सुरु गर्ने मोर्चाको निर्णय छ । ‘सरकारको रबैया अनुसार आन्दोलनको स्वरुप निर्धारण हुन्छ’ एमाओवादी अध्यक्ष एवं मोर्चाका संयोजक प्रचण्डले भनेका छन् ।

एमाओवादी र मधेसी मोर्चासहितको ३० दलहरुले पहिलो चरणमा सत्तारुढ दलहरु र संविधानसभा अध्यक्ष सुवास नेम्वाङको कदमविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।

माघ १२ गतेदेसख २० गतेसम्म पार्टीको बैठक तथा अन्तरक्रिया गरिनेछ भने २१ गतेदेखि २९ गतेसम्म गाउँ, नगर र निर्वाचन क्षेत्र स्तरमा अन्तरक्रिया, भित्ते लेखनसहितका भण्डाफोर तथा खबरदारी अभियान चलाइनेछ ।

फागुन १ देखि १० गतेसम्म जिल्लाहरुमा घेराउ, धर्ना, विरोधसभा गरिनेछ । पहिलो चरणको आन्दोलनको अन्तिम दिन फागुन १६ गते काठमाडौंमा जनप्रदर्शनसहित आमसभा गर्ने कार्यक्रा तय भएको एक नेताले बताएका छन् ।

दोस्रो चरणको आन्दोलन फागुन १७ बाट सुरु हुनेछ । यो आन्दोलन पहिलो चरणको भन्दा शसक्त हुने बताइएपनि कार्यक्रम भने तय गरिएको छैन ।

चैत १६ गतेबाट सुरु हुने तेस्रो चरणको अन्दोलनन निर्णायक हुने मोर्चाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment