Comments Add Comment

विद्युत् नपुगेको ठाउँमा सहकारीद्वारा सोलार वितरण

 १३ माघ, इलाम । विद्युत् सेवा नपुगेको पूर्वी कोल्बुङ र इरौँटारका केही वडामा एक सहकारीले आफ्ना सेवा क्षेत्रका सदस्यलाई सोलार सेट वितरण गरेको छ ।

इको चिया उत्पादक सहकारी संस्थाले वर्षाैंदेखि टुकीको भरमा रात काट्दै आएका ३९ जना सदस्यलाई सोलार सेट प्रदान गरेको हो । यहाँको कतिपय वडामा विद्युत् सेवा नपुगेकाले सहकारीको अगुवाइमा सोलार उपलब्ध गराएको हो ।

‘बत्तीमुनिको अध्याँरोजस्तै थियो तर सोलारले गाउँलेको अँध्यारोमा उज्यालो थपिदिएको छ’ -संस्थाका अध्यक्ष माधव निरौलाले भने ।

बीस वाट क्षमताको सोलार १५ हजारमा खरिद गरेर प्रतिसेट दुई हजार सहुलियत दिई सदस्यलाई वितरण गरिएको हो । बीस वर्षसम्मको प्रत्याभूति गरेर सोलार बत्तीको व्यवस्था गरिदिएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

कोल्बुङ र इरौँटार गाविसका कतिपय वडामा अझै पनि विद्युत्को राष्ट्रिय प्रसारण लाइन नपुगेर टुकी बत्तीकै भरमा रात काट्न बाध्य भएका स्थानीयवासीलाई सोलारबत्तीले राहत मिलेको संस्थाले जनाएको छ ।

घरघरमा सोलारसहितको सेट सहकारीले जडान गरेपछि मोबाइल चार्ज गर्न, रेडियो सुन्नसमेत सजिलो भएको स्थानीयवासी मेघनाथ आचार्य बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment