Comments Add Comment

‘अझै पनि’ले गर्‍यो ९ महिलालाई सम्मान, ‘ट्रष्ट आलोक’को घोषणा

ajai-pani-samman-1
पहिलो चलचित्र ‘अझै पनि’ निर्माण गरेकी पूनम गौतमले आफूलाई सशक्त रुपमा अगाडि बढाउने छनक दिएकी छिन् । चलचित्र ‘अझै पनि’ र ‘पूनम इन्टरटेन्मेन्ट’को तर्फबाट आज एक कार्यक्रमको आयोजना गर्दै आ-आफ्नो क्षेत्रमा योगदान पुर्‍याएका ९ जना महिलालाई सम्मान गरिएको हो ।

सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा उर्जा मन्त्री राधा ज्ञवाली विशेष अतिथीको रुपमा उपस्थिती थिइन् । सम्मानित हुनेहरुमा नेपाली चलचित्रकी नायिका गौरी मल्ल, स्वास्थ्य तर्फ डाक्टर सुदेष्णा श्रेष्ठ, फेसन तर्फ शैलजा अधिकारी, सूचना आयोगकी यशोदा तिम्सिना, शिक्षा क्षेत्रतर्फ कुमुद भट्ट, वातावरण क्षेत्रतर्फबाट सरिता ज्ञवाली, ब्यूटिसियनतर्फ रश्मिला श्रेष्ठ, राजनीतितर्फ श्रृजना अधिकारी र बैंकिङ क्षेत्रतर्फबाट पवित्रा लिम्बु छन् । ajai-pani-samman-2

सम्मानित सबै जनाले चलचित्र ‘अझै पनि’लाई सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै निर्मात्री तथा फेशन डिजाइनर पूनम गौतमले सम्मानका लागि महिलालाई रोज्नुको पछाडि आफ्नो चलचित्र नारीप्रधान रहेको खुलाइन् ।

यसैबिच, यो कार्यक्रममा स्वर्गिय निर्देशक आलोक नेम्वाङको स्मृतीमा ‘ट्रष्ट आलोक’को घोषणा पनि गरिएको छ । स्वर्गिय नेम्वाङकी आमा अध्यक्ष रहने गरि यो ट्रष्ट अगाडि बढ्ने निर्मात्री पूनम गौतमले बताइन् । यो ट्रष्टको संरक्षक ‘पूनम इन्टरटेन्मेन्ट’ रहनेछ । punam-gautam

यो ट्रष्टबाट नेपाली म्यूजिक भिडियो इतिहासमा नै पहिलो भिडियो निर्देशन गरेका शम्भुजित बास्कोटालाई केही समयपश्चात सम्मान गरिनेछ । ट्रष्टले अन्य विभिन्न काम पनि गर्दै जानेछ । आठ सय म्यूजिक भिडियो र ३ चलचित्र निर्देशन गरेका आलोकको ‘अझै पनि’ अन्तिम चलचित्र हो ।

पूनम इन्टरटेन्मेन्ट र सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा बनेको यो चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, विजय लामा, प्रमिला खनाल, विपना धिमाल लगायतका कलाकारको अभिनय छ । यो चलचित्र फागुन १५ गतेबाट प्रदर्शनमा आउँदैछ । sudarsan-puja-and-suraxya

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment