Comments Add Comment

रियल मड्रिडमाथि फिफाको अनुसन्धान

Odegaard

१३ माघ, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले ५१ युवा खेलाडी ट्रान्सफरलार्इ लिएर स्पेनिस जाइन्ट रियल मड्रिडमाथि अनुसन्धान थालेको छ ।

क्लबका निर्देशनले फिफाले रियल मड्रिडको पछिल्लो ५ वर्षको ट्रान्फरबारे स्पेनिस फुटबल संघसँग कागजपत्र मागेको स्वीकार गरेका छन् । क्लबका अनुसार उनीहरु मध्ये १० स्पेनिस र २३ विदेशी स्पेनिस क्लबमा दर्ता भइरहेका छन् । 

१८ वर्षभन्दा मुनीका १० खेलाडी एमेडेमीमा भित्र्याएको भन्दै फिफाले अर्को स्पेनिस क्लब बार्सिलोनामाथि २०१६ सम्म खेलाडी किनबेचमा प्रतिवन्ध लगाएको छ ।

फिफाको नियम अनुसार कुनै पनि क्लबले १८ पूर्व पूरा गरेका खेलाडीहरु किनबेच गर्न पाउँछन् ।

तर, फुटबल बाहेकका अन्य कारणले अभिभावक बसाइ सरेर आएमा भने १८ वर्षभन्दा कम उमेरका खेलाडीहरु क्लब एकेडेमीमा आवद्ध हुन सक्छन् । युरोपभन्दा बाहिर देशका १६ देखि १८ वर्ष उमेरका छन् भने क्लबको १०० किलोमिटर आसपासमा बसोबास हुनुपर्ने प्रावधान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment