Comments Add Comment

सुशील कोइरालाको विकल्प खोज्दैनौं : झलनाथ

१४ माघ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान नबनुञ्जेल एमालेले सुशील कोइरालाको विकल्प नखोज्ने बताएका छन् ।

Jhalanath Khanal

  • फाइल फोटो

तर, मधेसवादी दलहरुलाई पनि सरकारमा ल्याउने तयारी भइरहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले एमाओवादीलाई पनि सरकारमा आउन आग्रह गरेका छन् ।

एमालेका पूर्वअध्यक्षसमेत रहेका खनालले बुधबार रिपोर्टस क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै संविधान निर्माणका लागि राष्ट्रिय सरकार बनाउन आफूहरु तयार रहेको र मधेसवादी दललाई सरकारमा ल्याउने तयारी भइरहेको बताए ।

एमाओवादीले चाहे उसलाई पनि सरकारमा समावेश गरेर राष्ट्रिय सरकार बनाउने खनालले बताए । यद्यपि संविधानजारी नहुन्जेलसम्म सुशील कोइरालाको विकल्प नभएको खनालले स्पष्ट पारे ।

प्रक्रियाबाट पछि हटिन्न

अब संविधान निर्माणको प्रक्रियाबाट कांग्रेस र एमाले कुनै पनि हालतमा पछि नहट्ने खनालले स्पष्ट पारे । उनले भने-‘काग्रेस र एमाले प्रक्रियाबाट पछि हट्दैनन् ।

संविधान निर्माण प्रक्रियामा नआए एमाओवादीलगायतका दलहरुको राजनीति समाप्त हुने खनालले बताएका छन् । विपक्षीले घोषणा गरेको आन्दोलन अघि बढ्ने नसक्ने ठोकुवा गर्दै खनालले आन्दोलनलाई जनताले साथ दिएको भए प्रश्नावली समिति गठन भएकै दिनबाट आन्दोलन सुरु हुनु पर्ने तर्क गरेका हुन् ।

एमाले नेता खनालले आन्दोलनको विषयलाई लिएर विपक्षी दलहरु नै अन्योलमा रहेको बताए । रिपोर्टस क्लबसँग बुधबार भएको साक्षात्कारमा खनालले विपक्षी दलहरु प्रक्रियामा नआए उनीहरुको राजनीतिक अस्तित्व नै समाप्त हुने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment