Comments Add Comment

संविधानमा सहमतिको सम्भावना धेरै : डा. महत

Ram-sharan-mahat

१४ माघ, कपिलबस्तु । अर्थमन्त्री डा. रामशरण महतले जनताको जनमत कसैले नकार्न नसक्ने हुदा प्रतिपक्षी दलहरुलाई सहमतिमा आउन आग्रह गरेका छन् । उनले संविधान निर्माणमा सहमतिसंगै प्रक्रिया पनि निरन्तर जारी रहने बताए ।

कपिलवस्तुको बाणगंगामा आयोजित छैठौं कपिलवस्तु महोत्सव उदघाटन समारोहलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री महतले संविधान निर्माणमा दलहरुवीच विवाद भएपनि सहमतिको सम्भावना धेरै रहेको दावी गरे ।

उनले देश संविधान निर्माण भन्दै विगत ६ बर्षसम्म अल्मलीरहदा आर्थिक विकासमा निकै पछाडि परेको भन्दै अब संविधान निर्माणमा ढिलाइ नगर्ने प्रतिबद्धता जनाए ।

डा.महतले अबको तीन बर्ष भित्र नेपाल लोडसेडिङ मुक्त हुने दाबी गरे ।

कपिलवस्तु संस्कृति, पुरातत्व र पर्यटकीय स्थलहरुको धनी क्षेत्र रहेको भन्दै पर्यटन विकासलाई प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको महतले बताए । कपिलवस्तुका जमिन भित्र लुकेका पुरातात्विक सभ्यतालाई उत्खनन् गरी विश्वसामु देखाउनसके यो पर्यटनको ठूलो क्षेत्र बन्ने उनले बताए ।

-सनिउल्ला धोबीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment