Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रले तिरेनन कर, चाँडै तिर्न ध्यानाकर्षण

१५ माघ, झापा । झापाको दमक नगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगान र त्यहाँ रहेको मिनी दरबारको एकीकृत सम्पत्ति कर तिर्न आग्रह गरेको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल सहितको टोलीले दमकमा रहेका पूर्वराजालाई बुधबार भेटेर करको विषयमा ध्यानाकर्षण गराएको गोरखापत्रमा खबर छ ।

050201_gyanendra_ccol_4a.grid-4x2एकीकृत सम्पत्ति कर लागू भएयता यस चिया बगानले अहिलेसम्म कर तिरेको छैन् । करका विषयमा चिया बगान प्रशासन र नगरपालिकाबीच पत्र मार्फत दोहोरीमात्र चल्दै आएको थियो । त्यहाँका राजनीतिक दल र नगरपरिषदले समेत बगानलाई कर तिर्नका लागि बारम्बार आग्रह गर्दै आएका थिए ।

कार्यकारी अधिकृत दाहालका अनुसार प्रत्यक्ष रुपमा पूर्वराजा शाहलाई भेटेर यस विषयमा जानकारी गराउँदा शाहले यो समस्या समाधानका लागि नगरपालिकासँग सहकार्य गरेर तत्काल प्रयास थाल्न बगान प्रशासनलाई निर्देशन दिएका थिए । पूर्वराजा शाहले आफू यस देशको नागरिक भएको हैसियतले कर तिर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्ने बताएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment