Comments Add Comment

‘क्यान इन्फोटेक’मा पनि पुग्यो ‘होस्टेल रिटर्न्स’

hostel-returns-can-infotech
१ सय कलेजमा पुगेर प्रचार अभियान थाल्ने तयारी गरेका चलचित्र ‘होस्टेल रिटर्न्स’का निर्माता सुनिल रावलले काठमाण्डौमा सुुरु भएको प्रविधीको मेलामा पनि कलाकारलाई पुर्‍याएका छन् ।
लाइभ टे्रलर मञ्चन गरेर एकाएक चर्चा पाएको यो चलचित्रले ६ दिनसम्म चल्ने ‘क्यान इन्फोटेकमा’ प्रचारको नयाँ शैली अपनाएको हो । क्विकहिल एन्टिभाइरस नामक कम्पनीसँग सहकार्य गरेर यो चलचित्रले प्रविधीसँग जोडिने दर्शकमाँझ आफूलाई पुर्‍याएको हो ।

६ दिनसम्म चल्ने यो मेलाको पहिलो दिनमा कलाकारहरु सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, अभय बराल, स्वस्तिमा खड्का र निर्माता सुनिल रावल सहभागी भएका थिए । ‘क्यान इन्फोटेक’ नसकुन्जेलसम्म चलचित्रका कलाकारहरुले स्टलमा दर्शकसँग कुराकानी गरिरहने निर्माता सुनिल रावलले बताएका छन् । can-infotech-hostel-returns

चलचित्रको कथा पनि इन्जियिनरिङ पढ्ने विद्यार्थीको भएकाले आफूहरुले नयाँ प्रचार शैली अपनाएको निर्मता रावलको भनाई छ । चलचित्रमा इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुको रुची पनि प्रविधीसँग नै देखाइएको छ । सुरज भुषाल निर्देशित यो चलचित्र वैशाख २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment