Comments Add Comment

प्रक्रियासँगै सहमतिको प्रयास जारी रहन्छ: ओली

१६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान लेखनको प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि जारी रहने बताएका छन् ।

प्रगतिशील प्राध्यापक सङ्घको नवौँ राष्ट्रिय सम्मेलनको शुक्रबार उद्घाटन गर्दै ओलीलेले हरेक दिन सहमतिको प्रयास गर्दा पनि सहमति नभएपछि प्रक्रिया अगाडि बढाएको बताए ।

KP-OLI
फाइल फोटो

सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै उनले जनताको मत र राष्ट्रको भलाइका लागि संविधान लेख्नुपर्नेमा जोड दिए ।

संविधान कुनै एउटा पार्टीको कार्यसूची नभएको भन्दै उहाँले मुलुकको उन्नति,समृद्धि र नेपाली जनताको हकअधिकारका लागि चाहिएको हुनाले कसैले पनि विरोध गर्न नहुने बताए । बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा सबै जातिलाई सहभागी गराउन नसक्ने हुनाले थप समस्या उत्पन्न हुने भएकाले पार्टीले जातीय राज्य हुनु हुँदैन भन्ने अडान लिएको उनले बताए ।

कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले निर्धारित मितिमा संविधान लेखनको कार्य पूरा गर्न नसके पनि जतिसक्दो छिट्टै सर्वमान्य संविधान जारी गर्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा सङ्घीयता आवश्यकता छैन भनेर आफ्नो पार्टीले भनेको वास्ता नगरेकाले अहिले शीर्ष दलहरु समस्यामा फस्नु परेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment