Comments Add Comment

‘प्लेनको बच्चा’ मा चढेर पोखरामा फनफनी (फोटोकथा)

श्रीधर पौडेल/अनलाइनखबर 

ultra flight (1)
पोखरा सहरबाट सहजै देख्न सकिन्छ माछापुच्छे हिमाल । दिनहुँ घरबाटै माछापुच्छ्रे हेरेकै हो । तर, आँखै अगाडि माछापुच्छ्रे हिमाल हेर्ने साइत मिलेको थिएन । माघको पहिलो साता यस्तो साइत जुराइदियो फिस्टेल अल्ट्रा फ्लाइटले ।

पोखरामा व्यवसायिक अल्ट्रा फ्लाइट गराइरहेको फिस्टेललेे विदेशी मात्र नभएर स्वदेशी पर्यटकको पनि उल्लेखनीयरुपमा उडान गरिरहेको छ । ‘प्लेनको बच्चो’जस्तै देखिने सानो अल्ट्रा फ्लाइटमा उढ्दा चरो बनेर उढेजस्तै प्रतीत हुँदोरहेछ ।

अल्ट्रा फ्लाइटको समय १५, ३०, ६० र ९० मिनेट भएकोमा विशेष गरी विदेशीले ३० र ६० मिनेटको उडान गर्ने गरेको फिस्टेल अल्ट्रा फ्लाइटका अपरेशन म्यानेजर दिनेश भण्डारी बताउँछन् । उनी नेपालीहरु विशेषतः ३० मिनेटको समय छनौट गर्ने गरेको बताउँछन् ।

अल्ट्रा फ्लाइटमा १५ मिनेटको समयमा पोखरा उपत्यका, सराङ्गकोट, बौद्ध स्तुपा र फेवातालको अवलोकन गराइन्छ भने ३० मिनेटको समयमा माछापुच्छे्र हिमाल नजिकैसम्म लाने गरिन्छ ।

मनास्लु, धौलागिरी, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको फेदीसम्म उडान गर्न चाहनेका लागि ६० र ९० मिनेटको समय उपयुक्त हुन्छ ।

ultra flight (3)

नेपाली पर्यटकका लागि १५, ३०, ६० र ९० मिनेटका लागि क्रमशः ६ हजार ५ सय, ११ हृजार ५ सय, १९ हजार र २८ हजार रुपैयाँ रहेको छ भने विदेशीका लागि ७०, १२५ , १९८ र २८५ युरो लिने गरेको अपरेशन म्यानेजर भण्डारी बताउँछन् ।

पदयात्रामा जान नसक्ने तर हिमाललाई नजिकै बाट नियाल्न रुचि गर्नेहरुका लागि यो सबैभन्दा उपयुक्त माध्यम रहेको छ अल्ट्रा फ्लाइट ।

सबैभन्दा पछिल्लो प्रविधिमा युकेमा निर्माण गरिएका अल्ट्रालाईटद्वारा उडान गरिरहेको फिस्टेल अल्ट्रा फ्लाइटका अपरेशन म्यानेजर भण्डारी बताउँछन् ।

यो प्रविधिबाट निर्माण गरिएका अल्ट्रामा फ्लाइलट र प्यासेन्जरलाई एक आपसमा कुराकानी गर्न तथा बस्तुस्थितिबारे जानकारी दिन सजिलो हुने गरेको म्यानेजर भण्डारी बताउँछन् ।

अल्ट्रा गर्दा कैद गरिएका तस्वीर तथा भिडियो लिन चाहेमा नेपालीका लागि १ हजार ५ सय र विदेशीका लागि २५ डलर लाग्ने गरेको म्यानेजरको भनाइ छ ।

ultra flight (4) ultra flight (5) ultra flight (6) ultra flight (7) ultra flight (8) ultra flight (9) ultra flight (10) ultra flight (11) ultra flight (12) ultra flight (13) ultra flight (14) ultra flight (15)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment