Comments Add Comment

गगन थापाको दाबी : बाबुराम ‘खलासी’, विप्लव ‘ड्राइभर’

Gagan Thapa with onlinekhabar3

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ट्वीटरमार्फत् रोचक बहस छेडेका छन् । सभासद थापाले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई ‘खलासी’ र माओवादी नेता नेत्रविक्रम चन्दलाई ‘ड्राइभर’सँग तुलना गरेका छन् ।

एमाओवादी नेता डा. भट्टराईले शुक्रबार दाङ पुगेका बेला देश अब ०५२ सालकै स्थितिमा पुगेको बताएका थिए । उनले ०५२ कै जस्तो विद्रोहको आवश्यकता औंल्याएका थिए ।

डा. भट्टराईको सो भनाइप्रति भोलिपल्ट प्रतिक्रिया व्यक्त गर्दै कांग्रेस नेता थापाले आफ्नो ट्वीटरमा लेखेका छन्- ‘हिजो भट्टराईले भन्नुभएछ, अब फेरि ५२ मोडलकै गाडी चलाउनुपर्ने भयो । यसपालि खलासी बनेमात्रै हो डा. साब, चालकको सीट त विप्लवले छाडे पो !’

केही व्याकरणीय अशुद्धिका साथ सभासद थापाले गरेको टिप्पणीमाथि रोचक कमेन्ट आएका छन् । सोहन श्रेष्ठ सुरुमै मेन्सन गरेका छन्-‘मधेसी दल कण्डक्टर बन्ने होलान् । तिनका हातमा पैसा परेसी सक्किगोन्त ।’ सभासद थापालाई ‘बोको’ ले मेन्सन गर्दै भनेका छन्-‘तिमीहरुचाँहि कुनचाहिँ गतिला हौत । फर्क सात सालतिर ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment