Comments Add Comment

कति आए खुलामञ्चमा आन्दोलनकारी ? (फोटो फिचर)

30-Party-Protest-650

१६ फागुन, काठमाडौं । एमाओवादी र मधेसवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार राजधानीमा गरेको प्रदर्शनमा खुल्लामञ्च भरिने गरी उपस्थिति देखिएको छ ।

कार्यक्रममा दुई लाखको सहभागिता गराउने भनिएकोमा लक्ष्य प्राप्त नभए पनि आन्दोलनकारी मोर्चाका नेताहरु कार्यकर्ताको ठूलो सहभागिता देखेर उत्साही देखिएका छन् ।

आमसभा सकिएपछि धेरैले अनुमान लगाएका छन् कि खुलामञ्च र आसपासमा उपस्थित रहेका प्रदर्शनकारीको संख्या एक लाखको हाराहारीमा थियो ।

30-dal-sava-1

कतिपयले खुलामञ्चको क्षमता ४०/५० हजारमात्रै रहेको बताएका छन् । तर, मञ्च परिसरभन्दा बाहिरको समेत उपस्थितिलाई जोडेर कतिपयले ६० हजारसम्मको उपस्थिति हुन सक्ने अनुमान गरेका छन् ।

आमसभाका आयोजक मध्येका सामाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले आमसभामा एक लाख मानिस सहभागी भएको दाबी गरे ।

तर, खुलामञ्चको सभामा ४०/५० हजारमात्रै मानिस उपस्थित भएको मान्ने हो भने पनि त्यसले विपक्षीलाई उत्साही बनाएको कतिपयको विश्लेषण छ । खुल्लामञ्च भरिने गरी मानिस उपस्थित गराएर सभा गरिनुलाई विपक्षीले दलहरुले ठूलो सफलता मानेको आयोजकले बताएका छन् ।

अनलाइनखबरले क्यामेरामा कैद केही दृश्य यस्ता छन् 

30-dal-sava-5

30-Party-Protest-2

30-Party-Protest

30-dal-sava-5
खुलामञ्च सभामा सहभागी एक बालक । उनले लिम्बुवाको फेटा र झण्डा बोकेका छन् ।

 

30-Party-Protest-1

30 dal sava 1
आमसभामा सहभागी एक युवक सेल्फी खिच्दै

 

30-dal-sava-2

30-dal-sava-4
आमसभाका क्रममा सबैको पहिचान झल्कने भेषभुषामा नृत्य प्रस्तुत गर्दै कलाकारहरु

 

30-dal-sava-6

तस्वीरः श्रीधर पौडेल र विकास श्रेष्ठ/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment