+
+
Shares

कैलालीमा एक साता निषेधाज्ञा थप्ने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३ गते १८:४४

३ जेठ, धनगढी । कैलालीमा जारी निषेधाज्ञा एक साता थप्ने निर्णय गरिएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा लम्ब्याएर जेठ १३ गतेसम्म पु¥याउन सिफारिस गरेको जानकारी दिए ।

अब प्रमुख जिल्ला अधिकारीबाट सोही निर्णयका आधारमा निषेधाज्ञा थपिएको आदेश जारी हुने उनले बताए । कैलालीमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको थियो । यो बीचमा दुई पटकसम्म निषेधाज्ञा थप गरिएकोमा पुनः तेस्रो पटक थपिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?