Comments Add Comment

बिध म्यानेजमेन्टको २५सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्दै

३ जेठ, काठमाडौं । सोमबार बेलुकी ७ बजेसम्म २५ सय अक्सिजन सिलिन्डर काठमाडौं आइपुग्ने भएको छ । अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि छिमेकी मुलुक चीनबाट अक्सिजन ल्याउन लागिएको हो । साथै, भोलि र पर्सिमा अर्को १० हजार सिलिन्डर अक्सिजन काठमाडौं आउँदैछ । जसको संयोजक ललितपुरको कुपण्डोलस्थित रहेको बिध म्यानेजमेन्ट प्रालिले गर्ने भएको छ ।

यसअघि पनि सरकार सँग समन्वय गर्दै कोरोना महामारीको पहिलो चरणदेखि नै अघि रहेको बिध म्यानेजमेन्टले पीसीआर ल्याब पनि संचालन गरेको छ । सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त यस ल्याबमा दैनिक पीसीआर परीक्षण हुँदै आएको छ । महामारीको यो अवस्थामा सरकारलाई सहयोग पुग्नेगरी परीक्षणदेखि उपचारसम्ममा सहयोग गर्दै आएको ल्याबले जनाएको छ ।

अक्सिजन अभावका कारण देखिएको समस्या समाधानका लागि आगामी ८/९ दिनमै दिनमै करिब १० सेट अक्सिजन प्लान्ट आउँदै गरेको र त्यसका लागि आफूहरुले संयोजन गरिरहेको बिध म्यानेजमेन्टले जनाएको छ । अनुसार विभिन्न अस्पतालमा जोड्नका लागि ती प्लान्टहरु प्रयोग हुनेगरी तयारी अघि बढेको म्यानेजमेन्टले जनाएको छ ।

साथै, सरकारको सहयोगमा लिक्विड अक्सिजन समेत ल्याउन आफूहरुले संयोजन गरेको बिध म्यानेजमेन्टका अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए । सरकारको पूर्ण सहयोगमा मात्र यो संभव भएको उनले बताए ।

अहिले मुलुकमा अक्सिजन अभावमा कोभिड–१९ संक्रमितहरूको उपचारमा समस्या भएको छ भने नियमित उपचारमा अक्सिजन चाहिनेलाई समेत समस्या भएको छ । जसका कारण धेरैले ज्यान गुमाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment