Comments Add Comment

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री नियुक्त

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कायकारी अधिकृत (सीईओ) मा सुरेशप्रसाद खत्री नियुक्त भएका छन् । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले खत्रीलाई सीईओ नियुक्त गरेका हुन् ।

कम्पनीको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न सिफारिस गरी समितिसँग सैद्धान्तिक सहमतीको लागि पठाएको थियो।

गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधी सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

भारतकाे बैङगलोरबाट एमबिए गरेका खत्रीसँग बीमा क्षेत्रमा करिब साढे दुई दशकको कार्य अनुभव  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment