Comments Add Comment

तिनजना बाउआमा मिलेर बच्चा जन्माउने

bachha
बच्चा जन्माउने मामिलामा एक महिला र अर्को पुरुष अर्थात् दुइजनाको सहभागिता हुन्छ । तर बेलायत यस्तो देश बनेको छ जहाँ अब तिन जना मिलेर बच्चा जन्माउन पाउनेछन् ।

तिनजना मिलेर बच्चा जन्माउन कानूनी अनुमति दिने बेलायत दुनियाको पहिलो देश बनेको छ ।

इन भिट्रो फर्टिलाइजेसन अर्थात् टेष्ट ट्युब बेबी प्रविधिको यो नयाँ संस्करण सम्बन्धि कानूनलाई बेलायतको माथिल्लो सदनले पारित गरेको छ । तल्लो सदन हाउस अफ कमन्सले फेब्रुअरी ३ तारेखमै यो विधयेकलाई पारित गरेको थियो ।

तिनजना बाउआमाबाट पैदा हुने बच्चालाई खतरनाक आनुवंशिक रोगबाट बचाउने प्रक्रियाको फैसला फर्टिलिटी नियामक निकायले गर्नेछ । तिन जना बाट जन्माइन पहिलो बच्चाको जन्म सन् २०१६ मा हुने अनुमान गरिएको छ ।

sleeping baby

तर बेलायको क्याथोलिक तथा अंग्रेज चर्चले भने यस्तो नियमको विरोध गर्दै तिन जनाबाट बच्चा पैदा गर्ने विचार सुरक्षित तथा नैतिक नभएको जिकिर गरेको छ ।

एक अनुमान अनुसार बेलायतमा यो प्रविधिबाट हरेक वर्ष डेढ सय जोडी बच्चा जन्माउन सकिने बीबीसीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment