Comments Add Comment

सोनीले ल्यायो नयाँ वाटरप्रुफ स्मार्टफोन

sony-xperia-m4-2

स्पेनको बार्सिलोनामासुरु भएको वल्र्ड मोबाइल कंग्रेसमा इलेक्ट्रोनिक्स कम्पनी सोनीले पानी नछिर्ने (वाटर रेसिस्टेन्ट) नयाँ स्मार्टफोन Xperia M4 Aqua सार्वजनिक गरेको छ ।

२ सय ९९ सुरुवाती मूल्य तोकिएको एक्सपेरिया एम फोर आउँदो गृष्मयाम सम्ममा विश्वका ८० देशको बजारमा पठाउने सोनीले घोषणा गरेको छ ।

सोनीको एक्सपेरिया एम फोर अक्वा गत अगष्टमा लञ्च भएको अघिल्लो स्मार्टफोन एम टू अक्वाको परिमार्जित संस्करणको रुपमा रहेको छ । एम टू जस्तै डिजाइनमा उपलब्ध एम फोर एन्ड्रोइडको लेटेस्ट भर्सन एन्ड्रोइड ५ ललिपप अपरेटिङ सिस्टममा चल्नेछ । यसका साथै यो स्मार्टफोनले फोर जी समेत सपोर्ट गर्नेछ ।

एच डी रिजोल्यूसनयुक्त ५ इन्चको स्क्रिन भएको यो स्मार्टफोनमा अक्टाकोर प्रोसेसर रहेको छ । २.५ गिगाहर्जको प्रोसेसरका साथै २ गिगाबाइट र्याम समेत रहेको छ ।

एक्सपेरिया एम फोर अक्वामा १३ मेगापिक्सेलको अटोफोकस क्यामेरा रहेको छ । यो फोनमा सेल्फी तथा भिडियो कलिङका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा समेत रहेको छ ।

sony-xperia-m4-1

यसका साथै २४ सय मिलिएम्पियरको ब्याट्री यो फोनको खास विशेषताको रुपमा रहेको छ । निकै लामो आयु भएको दाबी गरिएको यो ब्याट्रीको टकटाइम १३ घण्टा तथा स्टाण्डबाइ टाइम ७७९ घण्टा रहेको छ ।

यो स्मार्टफोनमा ८ तथा १६ जिबीको इन्टरनल मेमोरी भएका दुइ फरक फरक फोन उपलब्ध हुनेछन् । एक्सर्टनल डिभाइसको सहायताले मेमोरीलाई ३२ जिबीसम्म पूराउन सकिनेछ ।

१ सय ४० ग्राम तौल भएको यो स्मार्टफोन १४५.५ मिलिमिटर लामो, ७२.६ मिलिमिटर चौडा तथा ७.३ मिलिमिटर मोटो रहेको छ । कालो, सेतो तथा मुगा गरी तिन रंगमा स्मार्टफोन उपलब्ध हुनेछ ।

एक्सपेरिया एम फोर अक्वा स्मार्टफोन सँगै सोनीले एक्सेपरिया जेड फोर ट्याब्लेट पनि सार्वजनिक गरेको छ ।

सोनी नै यस्तो कम्पनी हो जसले पहिलोपटक पानी नछिर्ने फोनको अाबिस्कार गरेको थियो । त्यसपछि सामसुङ लगायतका उत्पादकले त्यसकै नक्कल गरे । सामसुङले ग्यालेक्सी एस ६ मा पानी नछिर्ने प्रबिधिलार्इ त्यागेको छ, जसले गर्दा पानी नछिर्ने प्रबिधि रूचाउनेहरू फेरि सोनीतिरै तानिने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment