Comments Add Comment

परराष्ट्रले सार्बजनिक गर्‍यो बिदेशमा अलपत्र नेपाली यात्रुको संख्या

२३ फागुन, काठमाडौं । टर्किस एयरको जहाज दुर्घटनापछि नेपाल आउने प्रतिक्षामा बिभिन्न बिदेशी एयरपोर्टमा अलपत्र परेका नेपालीको उद्दार कार्य सुरु भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Malaysia-Airport-ma-Nepali-

  • मलेसिया विमानस्थलमा अलपत्र नेपालीहरु । तस्वीर : शम्भु अधिकारी

बिमानस्थल पुगेर अलपत्र परेका नेपालीसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयले सबै नियोग र कन्सुलेटहरुलाई निर्देशन दिइसकेको जनाएको छ । मन्त्रालयले शनिवार एक बिज्ञप्ति जारी गर्दै मलेसिया, थाइल्याण्ड, कतार, साउदी अरब लगायतका मुलुकमा अलपत्र परेका नेपालीबारे जानकारी गराएको छ ।

कहाँ कति नेपाली अलपत्र ?

मन्त्रालयका अनुसार मलेसियामा करिब एक हजार जना नेपाली काठमाडौं फर्किने प्रतिक्षामा एयरपोर्टमा छन् । उनीहरुलाई सम्बन्धित एयरलाइन्सले खाना र पानी खुवाईरहेको जानकारी  मन्त्रालयले दिएको छ । क्वालालम्पुरस्थित दूतावासका प्रतिनिधि एयरपोर्टमै पुगेर यात्रु र एयरलाइन्सवीच समन्वय गरिरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा मलेसियाबाट नेपाल एयरलाइन्स, एयर एसिया, मलेसियन एयरलाइन्स र मालिन्दो एयरले नेपालमा उडान भर्दछन् ।
काठमाडौंमा उडान सुचारु हुनासाथ अतिरिक्त उडान थपेर भए पनि यात्रुलाई सकेसम्म चाँडो काठमाडौं लैजान दूतावासले नेपाल उडान गर्ने एयरलाइन्सलाई आग्रह गरेको मन्त्रालयले जनाएको छ ।

कतारको दोहा बिमानस्थलमा करिव ५४८ नेपालीलाई होटलमा राखिएको छ । बिमानस्थलमा रहेका १०४ जना नेपालीलाई बिमान कम्पनीले खाना र पानीको ब्यबस्था गरेको मन्त्रालयले जनाएको छ ।

यसैगरी थाइल्याण्डको बैंकक एयरपोर्टमा करिव १ सय जना र हङकङमा दुई सय जना नेपाली यात्रु नेपाल आउने प्रतिक्षमा कुरिरहेको मन्त्रालयले जानकारी दिएको छ । यी दुबै ठाउँमा नेपाली राजदूतावास र कन्सुलेटले नेपाली यात्रु र बिमान कम्पनीहरुवीच समन्वय गरी पानी र खानेकुरा उपलब्ध गराएको छ ।

यसैगरी संयुक्त अरब इमरेट्सका लागि नेपाली राजदूतले अबुधावी बिमानस्थल पुगेर नेपाली यात्रुको अबस्थाबारे जानकारी लिएका छन् । ट्रान्जिटमा रहेका करिव १३० जना नेपाली यात्रुलाई होटलमा लैजाने प्रकृया सुरु भएको र अन्य केहीलाई यसअघि नै एयरलाइन्सले होटलमा लगिसकेको दूतावासले जानकारी दिएको छ ।

यसैगरी सारजहा बिमानस्थलमा रहेका नेपाली यात्रुको अबस्था बुझ्नका लागि दूतावासबाट आबश्यक स्रोतसाधनसहित प्रतिनिधि पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

काठमाडांैमा उडान सुचारु भई नेपाली यात्रु नफर्किएसम्म सबै स्थानमा रहेका नेपाली नियोगहरुले समन्वय जारी राख्ने र परिस्थीतिको सुक्ष्म निगरानी गर्ने मन्त्रालयले जनाएको छ ।

मलेसियाको विमानस्थलमा अलपत्र नेपालीहरुका थप तस्वीर हेर्नुहोस् –

Malaysia-Airport-ma-Nepali-Malaysia-Airport-ma-Nepali-

Malaysia-Airport-ma-Nepali-Malaysia-Airport-ma-Nepali-

तस्वीर : शम्भु अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment