News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव नरहेको बताउनुभयो ।
- ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्नुभयो ।
- उनले अनलाइनखबरद्वारा सार्वजनिक ४० मुनिका ४० युवाहरूको सूचीले सीमित स्रोतबीच काम गरिरहेका प्रतिभालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
२७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने विषय नबिर्सन आग्रह गरेका छन् ।
बुधबार ललितपुरमा आयोजित अनलाइनखबरका ‘४० मुनिका ४०’ युवाहरूको नामावली सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् ।
संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको विषय उल्लेख गर्दै उनले स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त बनाउने उल्लेख गरे ।
‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको छ । स्वतन्त्र, निष्पक्ष र सत्यमा आधारित पत्रकारिता, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाजले नै लोकतन्त्रलाई जीवन्त राख्छ,’ राष्ट्रपति पौडेलले भने, ‘लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुन्न । राज्यका सबै अंगले यसको मर्मलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ भन्ने म ठान्दछु ।’
अनलाइनखबरले प्रत्येक वर्ष सम्मान गर्दै आएको ४० वर्षमुनिका ४० युवाहरूको सूचीले अवसर नपाएका, मूल प्रवाहको नजर नपुगेका र सीमित स्रोतबीच उल्लेखनीय काम गरिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4