+
+
Shares

अनलाइनखबर ‘४० मुनिका ४० युवा’ को नयाँ संस्करणका लागि मनोनयन खुला

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते २१:१२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनलाइनखबरले यस वर्ष पनि ४० मुनिका ४० युवा छनोट प्रक्रिया सुरु गरेको छ र मनोनयन फर्म बुधबारबाट खुला भएको छ।
  • मनोनयन फारम अनलाइनखबरको वेबसाइटमा उपलब्ध छ र इच्छुकले १८ वैशाखसम्म मनोनयन दर्ता गर्न सक्नेछन्।
  • प्रधानसम्पादक बसन्त बस्नेतले छनोट प्रक्रियामा विज्ञ निर्णायक समितिले मूल्याङ्कन गर्ने र अन्तर्राष्ट्रिय युवा दिवसमा सम्मान गरिने जानकारी दिए।

२ वैशाख, काठमाडौं । अनलाइनखबरले यस वर्ष पनि ‘४० मुनिका ४० युवा’ को छनोट प्रक्रिया शुरु गरेको छ। आज (बुधबार)बाट यसको मनोनयन फर्म खुला भएको छ ।

विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका ४० वर्षमुनिका युवाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यले अनलाइनखबरले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

गत वर्षहरू अन्तर्राष्ट्रिय युवा दिवसमा झैं यस वर्ष पनि व्यवसाय, उद्यमशीलता, सामाजिक सेवा, कला, साहित्य, विज्ञान, प्रविधि, खेलकुद, राजनीति लगायत विभिन्न क्षेत्रमा सक्रिय युवाहरूलाई छनोट गरिनेछ।

अनलाइनखबरले आफ्नो वेबसाइटमा मनोनयन फर्म उपलब्ध गराएको छ, जहाँ इच्छुक व्यक्तिहरूले आफ्नो मनोनयन दर्ता गर्न सक्नेछन्।

मनोनयन प्रक्रियामा सहभागी हुन चाहनेहरूले अनलाइनखबरको वेबसाइटमा गएर मनोनयन फारम भर्न सक्नेछन्। ४० मुनिका ४० को सूचीमा दाबी गर्न व्यक्ति स्वयं वा अरू कसैले पनि मनोनयन गर्न सक्नेछन् । मनोनयन दर्ता गर्ने अन्तिम मिति १८ वैशाखसम्म तोकिएको छ।

अनलाइनखबरका प्रधानसम्पादक बसन्त बस्नेतले पारदर्शी र समावेशी छनोटलाई सुनिश्चित गर्न छनोट प्रक्रियामा विज्ञहरूको एक निर्णायक समितिले मनोनयनहरूको मूल्याङ्कन गर्ने जानकारी दिए ।

उनले थपे, ‘मनोनयन प्रक्रिया सम्पन्न भएपछि, स्वतन्त्र जुरी समितिले प्राप्त मनोनयनहरूको मूल्यांकन गरी अन्तिम सूची तयार गर्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा छनोट भएका युवाहरूको नाम सार्वजनिक गरिनेछ र उनीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ।‘

मनोनयनका लागिः

चालीस मुनिका चालीस – छनोट मनोनयन फर्म

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?