Comments Add Comment

विश्व साइकलयात्रीले अमेरिकाको ग्रीन कार्ड लिए

saurabh-dahalबोस्टन । विश्व साइकल यात्रा गरी नेपाललार्इ विश्वमा चिनाउँने भन्दै थुप्रै नेपालीले साइकलयात्रा गर्ने गरेका छन् । पुस्कर शाह विश्व साकइलयात्रीकै रूपमा विश्वभर चर्चित छन् । साइकलयात्रामा निस्किएका उनीहरू बुद्ध र सगरमाथाको प्रचार पनि गरिरहेकै छन् ।

तर नेपाललार्इ विश्वमा चिनाउने भन्दै विश्व साइकलयात्रामा हिडेकाहरू विदेशतिरै गुमनाम हुन थालेका छन् । विश्व साइकलयात्रा गरेर शाह नेपाल फर्किए पनि अन्य साइकलयात्री नेपालीहरू विदेशतिर पलायन भइरहेका छन् । विश्व साइकलयात्रामा रहेका सौरभ दाहाल त अमेरिकाकै नागरिक भइसकेका छन् । साइकलयात्राकै क्रममा अमेरिकाको बोस्टनमा आएका उनी बोस्टन छाड्न सकेनन् ।

बोस्टनको एक रेस्टुरेन्ट काम गर्दै आएका उनले साइकल यात्रालाइ प्रयोग गर्दै अमेरिकाको ग्रीन कार्ड लिएका छन् भने स्थानीय एक रेस्टुरेन्ट काम गर्दै आएका छन् । तर उनले ग्रीन कार्ड लिएर अध्ययन गरिरहेको बताउँछन् ।

यात्राको क्रममा यूरोप तथा एसियाका थुप्रै देश भ्रमण गरेका उनी साइकलयात्रामा विश्व भ्रमण गरी देश फर्किनु भन्दा अमेरिकामै ग्रीनकार्ड लिएर बसे दाम कमाउन सकिने ठाने ।

उनको साइकल यात्राका क्रममा विवाद समेत देखिएको थियो । दुबई र बेल्जियममा उनले रकम असुलेको आरोप लागेको थियो । उनीजस्तै साइकल यात्रामा भन्दै तेस्रो मुलुक छिरेकाहरू मैका मिलाएर उतै गुमनाम हुन थालेका छन् ।

(पार्वती पाण्डेबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment