Comments Add Comment

गजल : नेताज्यू

RakeshKarki aaनेताज्यूको कस्तो ढाट्ने बानी ।

सत्तामा पुग्न जेपनि आट्ने बानी  ।।

यो गर्छु उ गर्छु भन्दै उफ्रदै

मीठा मीठा भाषण छाट्ने बानी ।।

चन्दा आतंक बन्द जताततै

मानेनकि घिच्रो काट्ने बानी ।।

जनताको पसिना रगतको मूल्य

खोक्रो सिद्धान्तसंग साट्ने बानी ।।

खोसि खानु भन्दा सजिलो भेटेपछि

पार्टीलाई मंत्रालयले बाट्ने बानी ।।

नमच्चिने विकासमा सय बजेट थप्दै

हातमा लागेको पनि चाट्ने बानी ।।

देशको हितमा एक ढिक्का हुनुपर्नेमा

आफ्नो मात्र डम्फू बजाई फाट्ने बानी ।।

-ई. राकेश कार्की

उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment