Comments Add Comment

गर्लफ्रेण्डमा चूजी ४ फिटे बडिविल्डर्स, ६ फिटे गर्लफ्रेण्डसँग लोभलाग्दो डेटिङ

gf 3आफ्नो जिउको तौलभन्दा ४ गुणा बढि वजन उठाउने उनी विश्वका एकमात्र बलवान मान्छे हुन् । जिउको वजनको अनुपातमा वजन उठाउने मामिलामा उनी विश्वकै सबैभन्दा शक्तिशाली मानिस हुन् ।

उनको नाम हो एन्टोन क्राफ्ट । अमेरिकाको फ्लोरिडाका बासिन्दा ५२ वर्षीय क्राफ्टले २ सय २८ किलो तौल उठाएर किर्तिमान राखेका छन् ।

४ फुट ४ इन्च उचाइ रहेका क्राफ्ट तौल उठाउने मामिलामा किर्तिमानी त छन् नै केटी घुमाउने मामिलामा निकै चूजी छन् ।

आफ्नो उचाइ केवल ४ फुट ४ इन्च मात्र भएका उनले आफुभन्दा एक फुट अग्ला महिलासँग मात्र रोमान्स गर्दछन् । उनी ४ महिनादेखि चाइना बेल नामकी महिलासँग डेटिङमा छन् । उनकी गर्लफ्रेण्डको उचाइ ६ फुट ३ इन्च रहेको छ ।

४३ वर्षकी चाइना समलिंगी महिला हुन् । क्राफ्टको भार उठाउने कलाले आफुलाई कतिबेला ‘बोल्ड’ गर्यो पत्तै नपाएको उनी बताउँछिन् ।

बेल भन्छिन्, ‘एन्टोनको भारत्तोलन निकै सेक्सी छ भन्ने लाग्छ र उनी पनि निकै सेक्सी भएको पाउँछु ।’

आफुले यसअघि कहिल्यैपनि ४ फुट ४ इन्चको होँचो मानिससँग डेटिङ नगरेको भन्दै उनले आफुलाई एन्टोनसँग डेटिङ गर्न निकै उत्सुकता जागेको उनले खुलासा गरिन् ।

आफु पनि फरक रहेको र एन्टोन पनि फरक क्षमताको रहेको भन्दै उनले फरक हुनुमै मज्जा रहेको अनुभव साटिन् ।

gf 1

यी भाग्यमानी बडी विल्डर्स आफु ५ पटक मरेर बाँचेको बताउँछन् । कहिले पानीमा डुबेर त कहिले झ्यालबाट खसेर आफु झण्डै मरेको उनको अनुभव छ ।

उनको होँचो जिउडाल रहेको तर निकै गह्रौँ भार बारम्बार उठाउने र कडा व्यायाम पनि गर्नाले स्वास्थ्यमै असर पुग्ने जोखिम रहेको र उनलाई कुनैपनि बेला हृदयाघात हुने जोखिम रहेको डाक्टरहरु बताउँछन् । तर उनलाई यसको परवाह छैन । आफ्नो तौल र उचाइको आधारमा दुनियाकै नम्बर एक बलियो मानिसको रुपमा रहेका उनी समग्रमा आफु विश्वको पाँचौ नम्बरको बलवान मानिस रहेकोमा गर्व गर्छन् ।

आफुलाई समलिंगी महिला सँग डेटिङ गर्दा निकै आनन्द आइरहेको भन्दै उनले आफ्नो क्षमताको मुख्य राज उनी नै भएको दाबी गर्छन् । त्यति सुन्दरी गर्लप|mेण्ड पाउनु आफ्नो भाग्य भएको र आफु दुनियाकै सबैभन्दा भाग्यमानी मानिस रहेको भन्दै उनी फुरुंग पर्छन् ।

gf 2 gf 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment