Comments Add Comment

साहना र सुरजको विवादास्पद जोडी टेलिभिजनमा फर्कियो

file photo
file photo

कहिले ‘डान्सिङ कार’को चर्चा त कहिले ब्यापारीलाई धम्काएको अभियोगमा पक्राउ । मोडल सहाना बज्राचार्य र सुरज गिरीको जोडी पछिल्ला महिनाहरुमा स्क्याण्डलमा परिरह्यो ।

यस्तै स्क्याण्डलहरुका कारण उनीहरु कामबिहीन अबस्थामा पुगे । बिज्ञापन ब्यबसायीलाई धम्क्याएको अभियोगमा हिरासत परेपछि करिश्मा मानन्धरका श्रीमानसँग सम्झौता गरिसकेको टीभी कार्यक्रमको कामसमेत गुमाउनुपर्‍यो ।

तर, यो जोडी फेरि एकपटक सँगै टीभी कार्यक्रममा फर्किएको छ । एनटीभी प्लसमा हरेक  दिन बेलुकी ५ बजेदेखि साढे ६ बजेसम्म ‘नमस्ते’ नामक लाइभ सो सुरु गरेका छन् ।

यो टेलिभिजन शोमा नेपालका चर्चित अतिथिहरु पनि पुगिसकेका छन् । पूर्व मिस नेपाल माल्भिका सुब्बादेखि पत्रकार ऋषि धमला पनि कार्यक्रममा पुगिसकेका छन् । विवादमा पर्नुअघि पनि यो जोडीले टेलिभिजनमै छुट्टाछुट्टै कार्यक्रम चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment