Comments Add Comment

अंग्रेजी फिल्ममाथि वितरकको लफडा, तर नेपाली फिल्मले फाइदा लिन सकेनन्

फागूणको २४ गते नेपालमा रिलिज हुने भनिएको हलिउड चलचित्र ‘क्याप्टेन मार्भल’ नेपालमा रिलिज हुन सकेन । भोली शुक्रबारदेखि रिलिज हुने भनिएको हलिउड चलचित्र ‘डम्बो’ पनि नेपालमा नचल्ने पक्का जस्तै देखिएको छ । कारण, क्यूएफएक्स लगायतका मल्टिप्लेक्सले शो नै निकाल्न सकेनन् । वैशाखको १३ गते रिलिज हुने भनिएको चलचित्र ‘एभेन्जर’ अब नेपालमा रिलिज हुन्छ या हुँदन, अन्यौलता छाएको छ ।

आखिर, यस्तो समस्या किन आयो ? यो समस्या आउनुको पछाडि वितरक–वितरकविचको लडाई हो । सन् २०२० सम्म बन्ने डिज्नीका जति पनि चलचित्र छन्, ती सबै चलचित्रलाई नेपालमा रिलिज गर्ने अधिकार गोपिकृष्णले लिएको छ । गोपिकृष्ण र डिज्नीविच यो बिषयमा कानुनी रुपमा संझौता पनि भएको छ । अझ, यसलाई यसरी वुझौ कि गोपिकृष्ण डिज्नीका चलचित्र सन् २०२० सम्म रिलिज गर्ने नेपालको एजेन्ट हो ।

तर, अहिले गोपिकृष्ण र डिज्नीविच नै समस्या उत्पन्न भएको छ । यसको मुख्यकारण, नेपालका वितरकविचको लफडा हो । डिज्नीसँग संझौता गर्दा गोपिकृष्णले एउटा रकममा संझौता गरिसकेको थियो । तर, अहिले अन्य वितरकहरुको यसमा घुसपैठ भयो । उनीहरुले गोपिकृष्णले दिएको भन्दा चर्को मुल्य तिर्न सक्छौ भनेर डिज्नीसम्म कुरा पुर्याए । जसकाकारण, डिज्नी र गोपिकृष्णविच विश्वासको संकट पैदा भयो ।

श्रोत भन्छ–‘यस्तै अवस्था रह्यो भने सन् २०२० सम्म नेपालमा डिज्नीका चलचित्र रिलिज हुने संभावना कम छ ।’ भोली शुक्रबारदेखि रिलिज हुने चलचित्र ‘शुभ लभ र साइँली’को बुकिङ बिहिबारबाट मात्र क्यूएफएक्समा खुलेको थियो । यसको मुख्यकारण नै, ‘डम्बो’ थियो । ‘डम्बो’को रिलिजमा अन्यौलता भएपछि क्यूएफएक्सलाई दुई नेपाली चलचित्रलाई शो मिलाउन समस्या परेको हो । तर, अब ‘डम्बो’ नामक हलिउड चलचित्र नचल्ने भएपछि ‘साइँली र शुभ लभ’ले मल्टिप्लेक्समा लोभलाग्दो शोज पाएका छन् ।

तर, नेपाली फिल्मले फाइदा लिन सकेनन्
हलिउड चलचित्र नेपालमा नचल्दा त्यसको फाइदा नेपाली चलचित्रलाई हुन्छ । भलै, हलहरुको आम्दानीको श्रोत कमजोर हुन्छ । तर, नेपाली चलचित्रले यो फाइदा उठाउन भने सकेका छैनन् । ठूला हलिउड चलचित्र हलमा नआउँदा पनि नेपाली चलचित्र हेर्नका लागि दर्शकको चाप सुखद छैन । आखिर, नेपाली चलचित्र हेर्न दर्शक किन नआएका होलान् भन्ने प्रश्न पनि उब्जन सक्छ ।

अहिले हलिउड र बलिउड चलचित्र वितरणका लागि नेपालमा केही वितरकहरुको ठूलै चलखेल छ । जसकाकारण, हलिउड र बलिउड चलचित्रमा एकाधिकार गर्दै आएका केही कम्पनीलाई भने समस्या उत्पन्न भएको छ । तर, वितरकको लडाइले नेपाली चलचित्रले लिनुपर्ने फाइदा लिन भने सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment