Comments Add Comment

बिपी राजमार्ग आसपासका युवाले भिसा त्याग्न थाले

१८ चैत, सिन्धुली । दुम्जा, झाँगाझोली र ग्वालटारका विदेश जान तयार युवाहरुले धमाधम प्रवेशाज्ञा (भिसा) त्याग्न थालेका छन् । बनेपा-सिन्धुली बर्दिबास (बिपी राजमार्ग) निर्माण कार्य सम्पन्न भएका कारण सडकको पहुँचमा रहेका युवाहरुले स्वदेशमा गरिखाने खठोट र संकल्प लिएर व्यवसायतर्फ आकषिर्त भएपछि ‘भिसा’ त्याग्न सुरु गरेका हुन् ।

दुम्जा, झाँगाझोली र ग्वालटार सिन्धुली जिल्लामा पर्दछ । त्यसो त ग्वालटारमा पर्ने भीमेश्वर, बासेश्वर र भुवनेश्वरी गाविसका युवाहरु प्नि धमाधम प्रवेशाज्ञा त्याग्न अग्रसर देखिएका छन् । झाँगाझोलीका २४ वर्षका सागर श्रेष्ठले हालै ‘फ्युचर इम्प्लोइमेन्ट सर्भिस’ ले मेलेसिया जान उपलब्ध गराएको भिसा त्यागेका थिए । पूर्व झाँगाझोली ४ स्थित साला भेना तरकारी फार्मका सञ्चालक कुशल चौलागार्य र जीवन पोखरेलले गरेको प्रगति देखेर उनीहरुकै करकापले राहदानी त्याग गरेको उनले बताए । चौलागाईं र पोखरेलले संयुक्त रुपमा ६ रोपनी जग्गा भाडामा लिएर फार्म सञ्चालन गरेको नयाँ पत्रिकामा खबर छ ।

पूर्व झागाझोलीमा तीन हजार पाँच सय रुपैयाँमा प्रतिवर्ष प्रतिरोपनी जग्गा भाडामा पाइन्छ । साला-भेना तरकारी फार्मका सञ्चालक दुवैले ६ रोपनी जग्गामा वाषिर्क खर्च कटाई तीन लाख रुपैयाँ आम्दानी गरेको बताएपछि आफू विदेश नजाने निर्णयमा पुगेको श्रेष्ठले बताए । ‘मिहिनेत गर्नसके यहाँ नै विदेश रहेछ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment