२४ चैत, काठमाडौं । आन्दोलनकारी र प्रहरीबीच काठमाडौंको बिजुलीबजारमा झडप भएको छ । तीन दिने आमहड्ताल सफल बनाउन प्रदर्शन गर्दै हिँडेका आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको हो ।
पक्राउ परेका बन्दकर्तालाई बिजुलीबजारको बाटो हुँदै लैजाने क्रममा बिरोध भएपछि झडप भएको थियो । प्रदर्शनमा रहेका प्रदर्शनकारीले पक्राउ परेका कार्यकर्तालाई छोड्न माग गर्दै सुरक्षाकर्मीमाथि आक्रमण गरेपछि प्रहरीले लाठीचार्ज गरेको थियो ।
प्रहरीको लाठिचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रर्दशनमा रहेका आन्दोलनकारीलाई प्रहरीले केहीसेल अश्रुग्यास प्रहार गरेको छ ।
झडपका क्रममा फोटो पत्रकार प्रकाश तिमल्सिनालाई ढुंगा र लाठीले लागेको छ ।
अहिले प्रदर्शनकारीहरु गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरिरहेका छन् ।
तस्वीरः कबिन अधिकारी/ अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4