
२६ वैशाख, काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा निस्दी गाउँपालिका-४ झ्याल्टुङ बस्ने ३९ वर्षीया धनसरी बयम्बु, सोही ठाउँकी ३० वर्षीया पुष्पा राई, पुष्पाको ३ वर्षीय छोरा अभिषेक राई, ९ वर्षीय साजन राई रहेका छन् ।
यसैगरी घाइते हुनेमा निस्दी गाउँपालिका-७ सिन्दूरे बस्ने ४० वर्षीय गुनबहादुर सोमई र कपिलवस्तुको विजयनगर गाउँपालिका-१ का ५३ वर्षीय टेकबहादुर खण्डलुक रहेका छन् ।
घाइते मध्ये धनसरीको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी नायव उपरीक्षक एवं सुनिल मल्लले जानकारी दिए ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि नवलपरासीको अरुणखोला पठाइएको उनले बताए । जिपमा १६ जना सवार थिए ।
प्रहरीका अनुसार पाल्पाको निस्दी गाउँपालिका-५ लामेदमारस्थित भित्री कच्ची सडकमा लु१ज २६४९ नम्बरको जिप दुर्घटना भएको हो ।
मल्लका अनुसार अरुणखोलाबाट मित्यालतर्फ आउँदै गरेको उक्त जिप उकालोमा आफैं ब्याक भई सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको थियो ।
प्रतिक्रिया 4