+
+
Shares

भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १० गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।
  • दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् र १० जनालाई बुटवल रिफर गरिएको छ।
  • जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो र घाइतेहरूलाई प्राथमिक उपचारका लागि भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्र लगिएको छ।

१० वैशाख, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा भारतीय तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ।

भिङ्ग्रीबाट स्वर्गद्वारी तर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जिप अनियन्त्रित भई दुर्घटना भएको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा २१ जना घाइते भएका छन्, जसमा ५ जना बालबालिका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।

जिप सडकबाट करिब २५–३० मिटर तल खसेको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचारका लागि लगिएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?